“A Practical Vehicle for Business and Travel”

Isuzu Hi-lander ले उत्कृष्ट यात्रा साझेदार र सहकमीर्को रूपमा सेवा गरेको छ,र यसले मेरो जीवनको हरेक कर्तव्यलाई पूरा गर्न मद्दत गरेको छ । म बारम्बार इटहरी जान्छु, जहाँ मेरो फार्म छ । धेरैजसो अवस्थामा ,यात्रा ९ देखि १० घण्टासम्म हुन्छ, र मेरो Isuzu Hi-lander हरेक परिस्थितिमा समस्या मुक्त रही गन्तव्य सम्म पुर्याउन सफल भएको छ। मन्सुन महिनामा जब बाटोकच्ची र चिप्लो हुन्छ, अरु गाडीहरूलाई गारो परेको देख्दा आफुलाई मनमा एउटा डर बस्थ्यो तर मेरो Isuzu Hi-lander ले अहिले सम्म मलाई साथ दिदै आएको छ । Isuzu को ईन्जिन पावरले जस्तोसुकै कठिन परिस्थितिमा पनि मलाई साथ दिदै आएको छ।

  Isuzu Hi-lander

मेरो Isuzu Hi-lander दुई वर्षभन्दा कम गुडेको छ, तर पनि मैले यसलाई १३००० माइलभन्दा बढी कुदाई सकेको छु। मेरो व्यवसायमा Isuzu Hi-lander ले हरपल साथ दिदै आएको छ । म यसलाई मेरो फार्मका जनावरहरूलाई उपचारको लागि भेटेरिनरी सम्म लान, बिभिन्न बोटबिरुवाहरू लगायत आवश्यक कृषि सामग्रीहरुको ओसार पसार गर्नमा पनि प्रयोग गर्दै आएको छु।

यसबाहेक, काठमाडौंबाट सपरिवार घुम्नलाई टाढाको गन्तब्य जानु परेमा समेत ISUZU HILANDER लाई नै प्रयोग गर्ने गरेको छु जसको प्रयोगले उक्त यात्रालाई सुरक्षित, आराम दाई लगायत सहजता प्रदान गर्ने गरेको छ । मेरो Isuzu Hi- lander एक प्रिय मित्र, पारिवारिक सदस्यको रुपमा रही भरपर्दो सहकर्मी बनेको छ र म यसबाट धेरै खुसी छु ।