Buddhi Bhandari
म ईट्टा उद्योग र अन्य निर्माण व्यवसायहरू प्रबन्ध गर्दै आएको छु। मेरो यात्रालाई सहज बनाउनको लागि मैले ISUZU पिकअप ट्रक किन्ने निर्णय गरें, जसले मेरो अपेक्षा अनुरुप मेरो यात्रालाई आरामदायी बनाएको छ।
हालको समयमा चितवनका राजमार्गहरू निर्माणाधीन अवस्थामा रहेता पनि, ISUZU S-Cab को उत्कृष्ट ग्राउन्ड क्लियरेन्सले ढुङ्गा र खाल्डाहरूमाथि सवारी चलाउन सजिलो भएको छ। यो लक्जरी पिकअप ट्रकले मलाई मेरो लक्ष्यमा पुग्न अतुलनिय मद्दत गरेको छ र म सुरक्षित रूपमा मेरो गन्तव्यमा पुग्ने कुरा सुनिश्चित गर्दै आएको छु।
हामीले चितवनको ग्रामीण क्षेत्रबाट मानिसहरूलाई बारम्बार ओहोर दोहोर गराउँदै आएका छौ जसलाई ISUZU S-CAB ले भरपर्दो र सुविधाजनक बनाएको छ। मैले यो गाडी खरिद गरे देखिनै अत्यन्तै सन्तुष्ट छु र मेरो परिवारका सदस्यहरू लगायत जो कोहीलाई पनि ISUZU ब्रान्ड छनौट गर्न सल्लाह गर्दछु।