“Trustworthy and Capable Travel Partner”

Dikshant Pokhrel

म धेरै वर्षदेखि निर्माण उद्योगमा काम गर्दै आईरहेको छु, र म काम बाहेक यात्राको सौखिन पनि छु । मैले मेरो निर्माण व्यवसायको क्रममा सिन्धुलीको विद्यालय र गा.वि.स.को निर्माणलगायत कार्यको लागि भयावह अवस्थाका सडकबाट धेरै पटक यात्रा गरेको छु । सोही अवस्थालाई मध्यनजरमा राखी 2017 सालमा Isuzu गाडी किने देखि अहिले सम्ममा 4.5 वर्ष भन्दा बढी बिना समस्याको यात्रा गर्दैछु । फुर्सदको समयमा अन्य पिकअप अफ-रोड गाडीहरूको मूल्य र सुविधाहरू पनि हेर्ने गर्दै आईरहेको छु ।  तर Isuzu V-cross मा भएको शक्तिशाली इन्जिन, मूल्य र कार्यसम्पादनको हिसाबले यो उत्कृष्ट हो भन्ने मलाई विश्वास छ । मेरो Isuzu V-cross व्यापारिक हिसाबले अन्य सवारी साधनहरुभन्दा दोब्बर किफायती र एक अद्भुत यात्राको साथीको रुपमा लिएको छु । Isuzu V-cross को डेक लोडिङ क्षमतले सजिलैसँग निर्माण परियोजनाहरूको लागि मल समानहरू ढुवानी गर्न मदत गरी आएको छ ।  

225mm ग्राउन्ड क्लियरेन्स र इन्जिनको शक्तिले मलाई धेरै अफ-रोडका अवरोधहरू पार गर्न सक्षम बनाएको छ । मैले Isuzu V-cross खरिद गरे देखि यत्रो समयको अन्तराल सम्ममा पनि कुनै समस्या अनुभव गरेको छैन ।  म सधैं मेरो गन्तव्यहरूमा सुरक्षाका साथ रमाइलो यात्रा गर्दै आईरहेको छु । सिन्धुली निर्माणाधिन सडक त्यतिबेला अत्यन्तै डरलाग्दो थियो, जसले गर्दा धेरै सवारीसाधनलाई यात्रा गर्न गाह्रो भएको थियो, तर ISUZU V-CROSS मा कुनै समस्या थिएन र सजिलैसँग यात्रा गर्न  सकिएको थियो । 

मेरो V-Cross को उत्कृष्ट कार्यसम्पादनले मलाई मेरो व्यापारिक भ्रमणमा आत्यन्त उपयोगी यात्रा साथी भएको छ भनी पहिचान गराएको छ । म मेरो Isuzu V-Cross पाएकोमा धेरैनै कृतज्ञ छु, यो सधैं भरपर्दो र सक्षम ट्राभल पार्टनर भएको छ ।