“Wilderness Beyond Boundaries”

Aaharant Shrestha

म करिब दुई वर्षदेखि चिकित्सा क्षेत्रमा East West Concerns को निर्देशकको रूपमा काम गरिरहेको छु ।

मेरो व्यवसायले नेपालभर स्वास्थ्य सेवा प्रविधि प्रदान गर्दै आई रहेको छ । उक्त व्यवसायलाई निरंतरता दिनको लागि मैले पिकअप ट्रकको खोजी जारी राखेको थिएँ । विभिन्न गाडीहरु हेर्दै जाने क्रममा ISUZU मा मेरो नजर परी त्यसको इन्जिन र क्षमताबारे जान्ने मौका पाएँ र अन्ततः मेरो रोजाईमा उक्त गाडी परेकोले पहिलो पटक ISUZU D-Max Scab किने । मेरो नगरकोटमा एउटा फार्मलाई सुधार गर्नुपर्ने भएकोले मैले सोही S-Cab प्रयोग गरी मर्मत सामग्री सार्न प्रयोग गरे । Scab बाट खराब बाटोको बाबजुत पनि सहजै उक्त काम सम्पन्न गर्न मलाई मद्दत गर्‍यो । सोही सवारी साधन प्रयोग गरी  मैले धेरै स्थानहरूमा विभिन्न प्रकारका स्वास्थ्य सेवा प्रविधिहरू समेत उत्कृष्ट ढंगबाट डेलिभरी गरे । यद्यपि मैले S-Cab को भरपुर प्रयोग गरेर धेरै सहयोग पाएता पनि मलाई यसबाट अपग्रेड गर्ने चाहना भयो ।

तसर्थ मैले मेरो बुबासँग परामर्श गरी Isuzu V-Cross को इन्जिन र निर्माण गुणस्तरबाट प्रभावित भई अपग्रेड गरे । मैले यस गाडीलाई व्यवसायिक उद्देश्यका लागि मात्र नभई साहसिक यात्राका लागि पनि प्रयोग गर्दै आईरहेको छु । काठमाडौँदेखि झापा र नगरकोटसम्मको यात्रा र काममा यसै गाडीलाई प्रयोग गर्दै आईरहेको छु भने व्यक्तिगत रूपमा मुस्ताङ, नगरकोट, झापा, मनाङ्ग, र नजिकैका अन्य स्थानहरूमा साहसिक यात्राहरू समेत गरी आनन्द लिईरहेको छु । Isuzu पाउनु भन्दा पहिले मैले कुनै खासै साहसिक भ्रमण गरीरहेको थिइनँ, तरजबदेखियसगाडीमायात्रासुरुगरेत्यसदिनदेखिअनगिन्तीसाहसिकयात्राहरुगर्दैआईरहकोछु।

म मेरो ISUZU V-Cross सँग पूर्ण सन्तुष्ट छु र कसैले भरपर्दो इन्जिन, सुबिधायुक्त सवारी साधन भएको पिकअप सवारी साधन खोज्दै हुनुहुन्छ भने ISUZU लाई नै प्राथमिकता दिन आग्रह गर्न चाहान्छु।